Saturday, 22nd August, 2026
वि.स.

थाहानगर क्षेत्रको खाद्यन्न आवस्था दिनदिनै अद्यावधिक

थाहा नगरपालिकाले आफ्नो नगर क्षेत्रमा रहेको खाद्यन्न पसलहरुमा रहेको खाद्य मोज्दात अद्यावधिक गर्ने गरेको छ । 
वडा कार्यालय र वजार व्यवस्थापन समितिको समन्वयमा यस्तो कार्य गरिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय थाहा नगरपालिका सदस्य अनिल लामिछानेले बताए । 

दैनिक रुपमा भित्रने खाद्यन्न तथा पसलहरुको खाद्यन्नको अवस्थाको विवरण नगरपालिकाले संकलन गर्ने गरेको हो । त्यस्तै नगरपालिकाले दैनिक प्रतिवेदनमा समेत उक्त विवरण समेट्ने गरिएको छ । अहिले नगर क्षेत्रका खाद्यन्न पसलहरुमा २ हजार ६ सय ८९ बोरा चामल, चार हजार ४१९ किलो दाल, ३१४ बोरा नून, ५३१ कार्टुन तेल, ३७ बोरा आँटा,  २६९ बोरा चिउरा, ९० बोरा चिनी मोज्दात रहेको नगरपालिकाको प्रतिवेदनमा उल्लेख छ । यो १७ चैतसम्मको अद्यावधिक विवरण हो । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif