Tuesday, 25th August, 2026
वि.स.

थाहानगर क्वारेन्टिनमा बसेका एक पुरुषमा कोरोना पुष्टि

corona-Update-1596548457.jpg

मकवनपुरको थाहानगर क्वारेन्टिनमा बसेका एकजना २४ वर्षिय पुरुषमा कोभिड–१९ पोजेटिभ देखिएको छ । 

१७ साउनमा स्वाब संकलन गरी हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा पठाइएकोमा विरगञ्जका ति पुरुषमा कोरोना पुष्टि भएको क्वारेन्टिनका डाक्टर उदय रोकाले जानकारी दिए ।

विरगञ्ज घर भएका उनी थाहा नगरपालिका वडा नम्बर ६ मा सटरिङग एवं वेल्डिङको काम गर्दै आएका थिए । उनी ५ दिन अघि मात्र थाहा नगर आएका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif