Saturday, 22nd August, 2026
वि.स.

थाहानगर उद्योग वाणिज्य संघद्वारा शुभकामना आदानप्रदान

विजया दशमी, दीपावली र छठ पर्वको समेत अवसर पारेर मकवानपुरको थाहानगर उद्योग वाणिज्य संघले १७ असोज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । 

संघकै सभाहलमा आयोजित कार्यक्रम संघ अध्यक्ष कविराज खत्रीको अध्यक्षता र थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेकपा नेताहरु विष्णु विष्ट आदर्श, राजु नापित, लक्ष्मण विष्ट, अरुण रायमाझी, नेपाली काँग्रेस नगर उपसभापति भरत गोपाली, मालपोत कार्यालय शिखरकोटका प्रमुख विष्णु महत, थाहा नगर उद्योग वाणिज्य संघका महासचिब सुरेन्द्रमान प्रधान, महिला उद्यमी विकास समिति सभापति आरति श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शुभकामना मन्तव्यको क्रममा वक्ताहरुले दशैंलाई भड्किलो नबनाई स्वस्थ र मितव्ययी बनाउनु पर्नेमा जोड दिएका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा राजनीतिक दल, संघसंस्था, उद्योगी व्यवसायी लगायतको उपस्थिति रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif