Tuesday, 25th August, 2026
वि.स.

थाहानगर उद्योग वाणिज्य संघका सदस्य खत्रीको निधन 

Ramhari-1600871229.jpg

थाहानगर उद्योग वाणिज्य संघका सदस्य रामहरी खत्रीको निधन भएको छ । 

केही महिनादेखी अस्वस्थ रहेका सदस्य खत्रीको ६१ वर्षको उमेरमा ७ असोजमा निधन भएको पारिवारले जानकारी दिएका छन् । दिनेश गल्ला तथा किराना स्टोर्सका प्रोप्राइटर तथा तत्कालीन मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिका कार्यसमितिका रहेका खत्रीको निधनप्रति थाहानगर उद्योग वाणिज्य संघले श्रद्धाञ्जली व्यक्त गरेको छ । 

संघका अध्यक्ष कविराज खत्री तथा महासचिव सुरेन्द्रमान प्रधानले खत्रीको असामयिक निधनको खवरले स्तब्ध बनाएको जनाएका छन् । संघले मृत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif