Sunday, 23rd August, 2026
वि.स.

थाहानगरलाई पालुङ जेसीजद्वारा राहत सामाग्री सहयोग

JCI-nagar-1587087767.jpg

मकवानपुर थाहा नगरपालिकालाई पालुङ जेसीजले राहत सामाग्री हस्तान्तरण गरेको छ । थाहानगर क्षेत्रमा रहेका दैनिक ज्यालादारी गरी जीवन धान्नेहरुलाई वितरण गर्ने उद्देश्यले जेसीजले पहिलो चरणमा सानो प्याकेजका २० थान रहात नगरपालिकालाई हस्तान्तरण गरिएको हो । राहत सानो प्याकेज अन्तर्गत प्रतिथानमा १५ किलो चामल, २ किलो दाल, २ लिटर तेल, १ पोका नून र एउटा हातधुने साबुन रहेको छ । 

नगरपालिकामा एक कार्यक्रमकाबीच पालुङ जेसीज वर्ष २०२० का अध्यक्ष मनोज रायमाझीले नगर प्रमुख लवशेर विष्ट र उपप्रमुख खड्ग बहादुर गोपालीलाई राहत सामाग्री हस्तान्तरण गरिउको हो । कार्यक्रममा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सचिवालय थाहानगरका संयोजक विवेक विडारी, पालुङ जेसीजका निवर्तमान अध्यक्ष जेसी कुमार नेगी, पालुङ जेसीजका महासचिव नवराज लामा, उपाध्यक्षहरू निरज रायमाझी, विक्रम गोपाली, सुजन कार्की र जेसीज इन स्कूलका संयोजक संजय गोपालीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष रायमाझीले पालुङ जेसीजले यो विपत भइ थाहा नगरपालिकालाई स्वयम् सेवकको भुमिकामा सहयोग गर्ने पर्तिवद्धता व्यक्त गरे । नगर प्रमुख विष्टले ले जेसीजको सहयोग र समन्वयप्रति आभारसहित धन्याद दिएका छन् ।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०