Saturday, 22nd August, 2026
वि.स.

थाहानगरमै स्यानीटाइजर उत्पादन, वितरण थालियो

PACOSSSS-1585538630.jpg

थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटले स्यानिटाइजर उत्पादन तथा वितरण शुरु गरेको छ । 

सहकारीले ७ जनालाई काठमाण्डौं स्थित विश्व स्वास्थ्य संगठनको सहयोगमा नार्कमा १ दिने तालिममा पठाएर आफैले उत्पादन थालेको सहकारीका कोषाध्यक्ष सानुकाजी गोपालीले जानकारी दिए । सहकारीले २ हजार लिटर उत्पादन गरेको सचिव गोपालीले बताए ।

बजारमा सहजै स्यानीटाइजर उपलब्ध नभइरहेको सन्दर्भमा सहकारीको उत्पादनले सहज भएको स्थानीयहरुले बताएका छन् । स्यानिटाइजर उपलब्धताको सहजताको लागि विभिन्न क्षेत्रमा आफ्नो उत्पादन पठाइएको सहकारीका अध्यक्ष पुरुषोत्तम कार्कीले प्रतिक्रिया दिए । 

हेर्नुहोस् पाइने स्थानहरुः 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif