Tuesday, 25th August, 2026
वि.स.

थाहानगरमै भर्खरै जन्मेको शिशुलाई लगाईने भिटामिन ‘के’को खोप सेवा

PHCC-1597546313.jpg

मकवानपुर थाहा नगरपालिकामा रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रबाट नवजात शिशुका लागि भिटामिन ‘के’ को खोप लगाउन शुरु गरिएको छ । थाहा नगरपालिकाको आफ्नै बजेट स्रोतबाट यो खोपको शुभारम्भ गरिएको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । जिल्ला सदरमुकाम बाहिरको स्थानीय तहहरु मध्ये संभवतः थाहामा मात्र यो खोप सेवा शुरु भएको हो । यसअघि मुलुकका विभिन्न अस्पतालहरुमा मात्र यो खोपको सहज सेवा रहेको थियो । नेपाल सरकारले भिटामिन ‘के’ को खोप कार्यक्रम देशैभर संचालन गर्ने जनाएको छ । 

निःशुल्क रुपमा सञ्चालन भै रहेको आमा सुरक्षा कार्यक्रम अन्तरगत सुरक्षित सुत्केरी कार्यक्रमको प्याकेजमा समावेश गरेर देशभर नवजात शिशुलाई जन्मने बित्तिकै भिटामिन ‘के’ को खोप दिइने योजना रहेको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डाक्टर झलकशर्मा गौतमले जानकारी दिए । थाहानगरको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा अघिल्लो आर्थिक वर्षबाटै यो खोप लगाउन शुरु गरिएको केन्द्रका इन्चार्ज डाक्टर सुबोध चापागाईले जानकारी दिए । बालबालिकाको रगत जम्ने तत्वको कमीबाट हुने मृत्युबाट जोगाउन भिटामिन ‘के’ को खोप लगाइने डाक्टर चापागाईले जानकारी दिए । 

जन्मने वित्तिकैका शिशुहरुमा भिटामिन ‘के’ को कमीका कारण कुनै चोटपटक वा घाउ लागेमा रगत बगिरहँदा कुनैपनि बेला दुर्घटना निम्तन सक्ने भएकोले यो खोप महत्वपूर्ण रहेको स्वास्थ्य केन्द्रका डा. चापागाइले बताए । डा. चापागाइले भने–‘रक्तस्राव भएका शिशुलाई तुरुन्तै भिटामिन के दिनुपर्दछ, यदि तत्कालै भिटामिन के दिइएन भने त्यस्ता शिशुको रक्तश्रावका कारण मृत्यु समेत हुनसक्छ ।’



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif