Sunday, 23rd August, 2026
वि.स.

थाहानगरमै अनलाइन सिस्टमबाट अध्यापन शुरू

मकवानपुर थाहा नगरपालिकाको एक विद्यालयले लकडाउनको समयमा पनि  एस.इ.इ को तयारीमा रहेका आफ्ना विद्यार्थीहरुलाई अनलाइन सिस्टमबाट अध्ययन अध्यापन गराइरहेको छ । थाहा नगरपालिका ६ बज्रबाराहीमा रहेको इअन इङलिस एकेडेमीले सम्पुर्ण शिक्षकहरु र विद्यार्थीहरुमा ग्रुप च्याट मार्फ शिक्षकहरुले प्रश्नपत्र दिने र त्यसै ग्रुप च्याट मार्फत नै विद्यार्थीहरुले उत्तर पठाउने र शिक्षकले उत्तर हेरेर मिलेनमिलेको जवाफ दिने गरेको एक शिक्षक रामकाजी महर्जनले बताए । 

बिद्यालयले लकडाउनको समयमा विद्यार्थीहरु एकतृत गरी अझै राम्रो नतिजा प्राप्त गर्नको लागि अध्ययन कार्यलाइ निरन्तरता दिएको छ । सम्पुर्ण अभिभावकलाई जानकारी गराइ आफ्ना नानिबाबुहरुले सुबर्ण अबसरको रुपमा लकडाउनलाइ लिनुपर्ने, नतिजा अझ राम्रो बनाउन र विद्यालयको नतिजामा गुणस्तर निकाल्नको लागि जस्तो सुकै तरिका अपनाएर पनि लान सकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण जोशीले बताए । 

विद्यार्थीहरु यो समयमा बढी मात्रामा मोबाईल र टिभीमा केन्द्रित रहने भएकाले मोबाइलबाट नै पढेर  सञ्चार साधनको सदुपयोग गर्न सकिन्छ । थाहा नगरपालिकाकै कक्षा ८ को नगर स्तरिय परिक्षामा नगर प्रथम हुँदै आएको र एस.इ.इ परिक्षा को नतिजामा पनि बिगतका बर्षहरुमा विधालयले नगरपालिका कै उत्कृष्ट नतिजा ल्याउन सफल रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०