Tuesday, 18th August, 2026
वि.स.

थाहानगरमा ७१ जनाकाे नि:शुल्क आँखा अप्रेसन

IMG_20231014_172420-1697283772.jpg

मोतिविन्दु देखिएका ७१ जनाको बिरामीहरुको निःशुल्क आँखाको शल्यक्रिया भएको छ ।

तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङमा २५ र २६ असाेजमा ७१ जनाको आँखाको निःशुल्क शल्यक्रिया भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख सुधीर श्रेष्ठले जनाकारी दिए ।

तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा ५ सय जनाले आँखा जाँच गराएका थिए । शिविर फुर्के, मोरिया, गोगने, देउखेल, नौखण्डे, टौखेल, बज्रबाराहीलगायतका स्थानमा भएको थियो । शिविरमा आँखा जाँच गराएका मध्ये ७३ जनामा मोतिविन्दु भेटिएको थियो ।

मोतिविन्दु भेटिएपश्चात् हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखाको शल्यक्रिया गरिएको श्रेष्ठले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif