nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा ७१ जनाकाे नि:शुल्क आँखा अप्रेसन

IMG_20231014_172420-1697283772.jpg

मोतिविन्दु देखिएका ७१ जनाको बिरामीहरुको निःशुल्क आँखाको शल्यक्रिया भएको छ ।

तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङमा २५ र २६ असाेजमा ७१ जनाको आँखाको निःशुल्क शल्यक्रिया भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख सुधीर श्रेष्ठले जनाकारी दिए ।

तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा ५ सय जनाले आँखा जाँच गराएका थिए । शिविर फुर्के, मोरिया, गोगने, देउखेल, नौखण्डे, टौखेल, बज्रबाराहीलगायतका स्थानमा भएको थियो । शिविरमा आँखा जाँच गराएका मध्ये ७३ जनामा मोतिविन्दु भेटिएको थियो ।

मोतिविन्दु भेटिएपश्चात् हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखाको शल्यक्रिया गरिएको श्रेष्ठले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)