Friday, 3rd July, 2026
वि.स.

थाहानगरमा ४० लाखको विपद व्यवस्थापन कोष खडा गरियो

THaha-1585149571.jpg

मकवानपुर थाहा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)रोकनाम तथा नियन्त्रण विशेष अभियानका लागि ४० लाख रुपियाँ विपद व्यवस्थापन कोषमा तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको अध्यक्षतामा १२ चैतमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

नगरपालिकाले कोषमा अन्य विकास साँझेदार संघसंस्था तथा व्यक्तिहरुले पनि इच्छा अनुसार सहयोग गर्न सक्ने बताएको छ । सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले कृषि विकास बैंक पालुङ शाखामा थाहा नगरपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गरिदिन सक्ने प्रमुख प्रशासकीय अधिकृत हरिलला पुरीले जानकारी दिए । 

यसैबीच थाहा नगरपालिकाले डाक्टरसहितको क्वारेनटाइन संचालनमा ल्याउने भएको छ । तत्काल क्वारेनटाइन संचालन गर्नको लागि थाहा नगरपालिका स्वास्थ्य शाखा तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालयलाई निर्देशन दिइएको छ । 

बैठकमा नगर उपप्रमुख खड्ग गोपाली, प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, स्वासथ्य संयोजक मेघराज बलामी, सुरक्षाकर्मीहरु तथा सचिवालयका पदाअधिकारीहरुलगायतको सहभागिता रहेको थियो । 


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०