Tuesday, 25th August, 2026
वि.स.

थाहानगरमा १५ शैया अस्पताल स्वीकृत

PHC-Thaha-1591751709.jpg

आर्थिक वर्ष २०७७/०७८ का लागि मकवानपुरको थाहा नगरपालिकाका थुप्रै योजनाहरु राष्ट्रिय योजनामा समावेश भएका छन् । यस क्रममा थाहा नगरपालिकामा १५ शैयाको अस्पताल पनि स्वीकृत भएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए ।

थाहानगरमा रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्वतरोन्नती हुने प्रमुख विष्टले बताए । 

१५ जेठमा भएको संघीय सरकारको बजेट भाषण थाहा नगरबासीलाई प्रत्येक्ष फाइदा पुग्ने सुरुङमार्ग, सडक, खानेपानी, स्वास्थ्य लगायतका ठूला योजनाहरुका बजेट विनियोजन भएका छन् । थाहानगरमा अस्पताल स्वीकृतीको लागि सहयोग गर्ने स्वास्थ्य मन्त्रालय विभाग तथा सम्पूर्ण सहयोगीलाई प्रमुख विष्टले धन्यवाद दिएका छन् ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif