Tuesday, 25th August, 2026
वि.स.

थाहानगरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा

Health-1600094211.jpg

थाहा नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०७६/०७७ मा संचालन गरिएको स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा गरिएको छ । स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा आर्थिक वर्ष २०७६÷०७७ मा नगरमा रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, स्वासथ्य चौकीहरु, शहरी स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्रले वर्षभरी गरेको कार्यक्रमको समिक्षा प्रस्तुतिकरण गरेको थियो । 

कार्यक्रममा नगरका सबै स्वास्थ्य संस्थाहरुले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रमका सहभागीहरुलाई स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्याय र क्षयकुष्ट अधिकृत ठाकुर पौडेलले सहजीकरण गरेका थिए । थाहा नगर प्रमुख लवशेर विष्टको विशेष उपस्थितीमा भएको समिक्षा कार्यक्रम २८ र २९ भाद्रमा गरी दुईदिन सम्म संचालन भएको थियो । 

कार्यक्रममा पालुङ प्राथमिक स्वासथ्य केन्द्रका प्रमुख डाक्टर सुबोध चापागाई, थाहा नगरपालिका स्वासथ्य शाखा प्रमुख मेघराज बलामी, अनमी निरीक्षक बालकुमारी ढकाल लगायतकाको सहभागिता रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif