Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा सचेतनामुलक र्‍याली

130895179_148891300130761-1607520523.jpg

महिला हिँसा विरुद्धको १६ दिने अभियान अन्तर्गत थाहानगरमा सचेतनामुलक र्‍याली भएको छ । 

सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा थाहानगरको थानाबजारबाट शिखरकोटसम्म सचेतनामुलक र्‍याली भएको हो । प्लोकार्ड र ब्यानरसहितको र्‍यालीमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष धर्म प्रधान, इलाका प्रहरी कार्यालय पालुङका सहायक प्रहरी निरीक्षक लक्ष्मण वि.क., जनकल्यण माध्यमिक विद्यालयका विद्यातर्थीहरु, शिक्षक, जनप्रतिनीधि, सुरक्षाकर्मीलगायत सरोकारवलाहरुको सहभागिता रहेको थियो । 

सचेतनामुलक र्‍याली गरी हिँसा विरुद्धको सनदेश दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको इलाका प्रहरी कार्यालय पालुङका सहायक प्रहरी निरीक्षक लक्ष्मण वि.क.ले थाहा टाइम्सलाई जानकारी दिए ।