Saturday, 22nd August, 2026
वि.स.

थाहानगरमा विदेशबाट आएकाहरुको डाक्टर मार्फत दिनदिनै फलोअप

Dr-3-1585710929.jpg

थाहा नगरपालिकामा भारलगायत विदेशबाट नगर पालिका क्षेत्रमा भित्रिएका ७४ जनाको स्वासथ्य परीक्षण तथा घर भेटघाट गरिएको छ । 

कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएसंगै थाहा नगरपालिकामा २०७६ फागुन १५ गतेपछि भित्रिएका नागरिकहरुको डाक्टर मार्फत फलोअप गरी स्वास्थ्य परीक्षण समेत गरिएको हो । उनहिरको हालसम्मको अवस्था सामान्य रहेको डाक्टर सुबोध चापागाईले जानकारी दिए । 

नगरमा भित्रिएका ७९ जनमा अब ५ जनाको स्वासथ्य परीक्षण बाँकी रहेको डाक्टर उदय रोकाको भनाइ छ । उनहिरुको पनि तत्काल परीक्षण गरिने डाक्टर रोकाले बताए । विदेशबाट आएकाहरको सबेको अवस्था सामान्य भएकोले उनीहर होम क्वारेन्टाइनमै बसेको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । डाक्टरहरु मार्फत दैनिक रुपमा विदेशबाट आएकाहरुको फलोअप गर्ने गरिएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif