Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा विकास योजना संचालन गर्नका लागि आयो यस्तो निर्णय 

Thahaa-1589250064.jpg

कोरोना भाइरस रोकथाामन तथा नियन्त्रणका क्रममा भएको लकडाउनका कारण ठप्प भएको विकास क्रियाकलापलाई अघि बढाउने विषयमा थाहा नगरपालिकाले  नयाँ योजना बनाएको छ । नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी क्रियाकलापलाई निरन्तरता दिदै विकास सम्बन्धी कामलाई अघि बढाउने कोरोना भाइरस रोकथाम तथा निणन्त्रण सचिवालयले निर्णय गरेको छ । 

सचिवालयले नगरपालिकासंग सम्झौता हुन बाँकी तथा सम्झौता भई कार्य चालु हुन बाँकी विकास÷पूर्वाधार निर्माण सम्बन्धी कार्यको हकमा रकम फ्रिज भई जाने प्रकृतिको योजना बाहेक अन्य योजनाहरु हालको लागी संचालन नगर्ने÷नगराउने निर्णय गरेको छ । त्यस्तै नगरपालिकासंग सम्झौता भई निर्माण सम्पन्न भई सकेका विकास÷पूर्वाधार निर्माण सम्बन्धी कार्यको विवरण वडा कार्यालय मार्फत संकलन गरी कार्य तालिका बनाई प्राविधिक नापजाँच गराई भुक्तानी गर्ने व्यवस्था नगरपालिकाले मिलाउने पनि सचिवालयले निर्णय गरेको छ । 

आर्थिक वर्ष २०७६/०७७ का लागि छनोट भएका योजनाहरुमा हेवी ईक्युपमेन्टको मात्र प्रयोग हुने प्रकृतिको योजनाको हकमा नगरपालिकासंग अनुमति लिएर मात्र निर्माण कार्य सूचारु गर्ने/गराउने तथा यसरी गरिएको कार्यको भरपर्दो अनुगमन सम्बन्धित वडा कार्यालय मार्फत गर्ने र सो को जानकारी स्थानीय प्रहरीलाई नगरपालिकाले गर्ने व्यवस्था मिलाउने नगरपालिकाको निर्णय छ भने अधुरा निजी आवास निर्माण गर्ने काम सम्बन्धित घरधनिसंग मापदण्ड पालना गर्ने प्रतिवद्धता लिई सम्बन्धित वडा कार्यालयले सुचारु गर्न ईजाजत दिने र यसरी ईजाजत दिँदा वडा कार्यालयले नगरपालिका तथा स्थानीय प्रहरीलाई तत्कालै सो को जानकारी गराउने सचिवालयले निर्णय गरेको छ । 


लकडाउन अवधीमा नगर भित्र योजना संचालन गर्न ईच्छुक उपभोक्ता समिति तथा ठेकेदारले नगरपालिकामा वडा कार्यालयको सिफारिस तथा कार्य सम्पन्न गर्न लाग्ने अवधी, आवश्यक जनशक्ती तथा ईक्युपमेन्टको विवरण खुलाई कार्य संचालन गर्न नगरपालिकामा अनुरोध गर्नु पर्ने व्यवस्था गरिएको छ । नगरपालिकाले मापदण्डको पूर्ण पालना हुने सुनिश्चितता भएपश्चात मात्र ईजाजत दिने र सो को जानकारी तत्कालै स्थानीय प्रहरीलाई गराउने सचिवालयले निर्णय गरेको संयोजक विवेक विडारीले जानकारी दिए । 

योजनाहरु संचालनका क्रममा लकडाउन सम्बन्धी मापदण्ड भौतिक दुरी कायम गर्ने लगायत उलंघन गर्न पाइने छैन । 
निर्णयः

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०