Monday, 24th August, 2026
वि.स.

थाहानगरमा विकासे राहत, अशक्तलाई विशेष व्यवस्था

Thahaa-1588219347.jpg

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा भएको लकडाउनका कारण देशैभर राहत वितरण गरिरहेको सन्दर्भमा मकवानपुरको थाहानगरमा भने नयाँ अभ्यास शुरु भएको छ । लकडाउनका कारण दैनिक कामकाज नपाएर छाक बसेकालाई नगरपालिकाले नै काम दिने भएको छ । दिनभरी काम गरेपछि काम गर्नेले पाँचसय रुपियाँ र नौ किलो चामल पाउनेछन् । 

नगरपालिकाले राहत वितरण सम्बन्धी कार्यविधि नै बनाएर यस्तो शुरु गरेको हो । ‘वडा कार्यालयको सिफारिसमा श्रमदानमा आधारित योजनामा राहत आवश्यक पर्नेले काम गर्नेछन्, नगर प्रमुख लवशेर विष्टले भने– अपाङ्ग, ज्येष्ठ नागरिक, बालबालिका भएका परिवारलाई कार्यविधिले तोकेको मापदण्ड अनुसारको राहत घरैमा पु¥याउने व्यवस्था गरेका छौं ।’

थाहानगरमा अन्यत्रबाट आई दैनिक ज्यालादारी गरी गुजारा गरिरहेकाहरुलाई पनि काम दिने नगरपालिकाले जनाएको छ । यसका लागि अहिले वडा कार्यालयमार्फत विवरण तयार गरी कार्य प्रारम्भ भैसकेको छ । थाहानगरमा अहिलेसम्म मकवानपुरमै सबैभन्दा कम एकसय ४२ जनालाई राहत वितरण गरिएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif