Monday, 24th August, 2026
वि.स.

थाहानगरमा वडैपिच्छे क्वारेन्टाइनको योजना

corona-Update-1591437611.jpg

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणको लागि क्वारेन्टाइन व्यवस्थापनको लागि थाहा नगरपालिकाका प्रत्येक वडामा एउटा क्वारेन्टाइन निर्माणका लागि संभावित क्षेत्र छनोट गरिएको छ ।

कोभिड–१९ को संक्रमण बढ्दै जाँदा नगरपालिकाको प्रत्येक वडामा क्वारेन्टाइन निर्माणको लागि संभावित स्थान छनोट गरिएको हो । छनोट गरिएको स्थानहरुमा वडा नम्बर १ को झम्केश्वरी÷पुरानो सुनौला मावि, वडा नम्बर २ को मत्स्यनारायण मावि, वडा नम्बर ३ को सेति गणेश निमावि, वडा नम्बर ५ को बसन्त प्रावि, वडा नम्बर ७ को सुन्दरी देवी÷सरस्वती मावि, वडा नम्बर ८ को इन्द्रायणी मावि, वडा नम्बर ९ को जनक प्रावि, वडा नम्बर १० को नाटेश्वर मावि÷चम्पाकेश्वर निमावि, वडा नम्बर ११ को बागेश्वरी मावि र वडा नम्बर १२ को नेपाल चेम्बर प्रा.वि. रहेका छन् । 

छनोट भएका स्थानहरुमा अति आवश्यक भएमा क्वारेन्टाइन प्रयोग गर्न सकिने कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय सदस्य अनिल लामिछानेले बताए । अहिले थाहा–६ स्थित बज्रवाराहीमा ५ वटा हाइकेयर रुमसहित २५ कोठे कोरोना क्वारेन्टाइन रहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif