Sunday, 23rd August, 2026
वि.स.

थाहानगरमा र्‍यापिड टेस्ट सुरू जाँचेका सबै नेगेटिभ

CV-1586929466.jpg

थाहा नगरपालिकामा ३ वैशाखबाट र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) शुरु भएको छ । विहान परीक्षण गरिएका दुईजनामा नतिजा नेगेटिभ आएको छ । 

थाहा नगरपालिकाले पहिलो चरणमा विदेशबाट आएकाहरुको परीक्षण थालिएको नगरपालिकाका स्वासथ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । विदेशबाट आकाहरुको घरैमा गएर र्‍यापिड डाइग्नोस्टिक टेस्ट भैरहेको छ ।  ३ वैशाखमा नगरको चित्लाङ, बज्रवाराही र टिष्टुङमा टेष्ट भैरहेको हो । 

टोलीमा स्वासथ्य संयोजक बलामीसहित डाक्टर उदय रोका, डाक्टर सुबोध चापागाई, ल्याब टेक्निसियन रमेश खड्का, अनुपा तिमल्सिना र स्टाफ नर्स रमिता भुजेल रहभागी छन् ।   

थाहा नगरपालिकामा ४० जनाको परीक्षण गर्नेगरी यापिड डाइग्नोस्टिक टेस्ट किट स्वास्थ्य कार्यालय मकवानपुरले पठाएको छ । 

थाहा नगरपालिकामा ७० जना विदेशबाट आएका व्यक्तिहरु रहेका छन् । जसमध्ये सबै १४ दिन नाघिसकेका छन् । १४ देखि २१ को २ जना, २१ देखि २८ को २२ र बाँकी २८ दिन नाघिसकेका मात्र रहेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०