Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा रासायनिक मल क्षेत्रगत रुपमा विक्री हुने

Mal-1590723367.jpg

थाहानगरमा रासायनिक मल आयातमा तथा बिक्री क्षेत्रगत रुपमा हुने निर्णय भएको छ । 

थाहानगर प्रमुख लवशेर विष्टको विशेष उपस्थितीमा कृषि सहकारी संस्थाका प्रतिनीधिहरुसंग १५ जेठमा भएको बैठकले यस्तो निर्णय गरेको हो । कोभिड–१९ को महामारीका कारण भएको असहज परिस्थतीको लागि यस्तो निर्णय गरिएको हो ।  ‘अब नगरबाट मलको लागि कुपन (सिफारिस) जारी गर्दा एक पटकमा ७ वटा सहकारीले मात्र पाउँछन्, ति सहकारीहरुलाई एकैदिन एकै समयमा सिफारिस दिने निर्णय भएको छ, साना किसान कृषि सहकारी संस्था बज्रवाराहीका व्यवस्थापक ध्रुव विडारीले भने–‘अर्को पटक कुपन पाउँदा ७ बाहेककाले रोटेशनमा पाउँछन ।’

एक पटकमा दामन र पालुङका ३, आग्रा, टिष्टुङ, चित्लाङ र बज्रवाराहीका १÷१ सहकारीले कुपन पाउने निर्णय भएको छ । यसको सबै समन्वय कृषि शाखाले गर्ने नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । 

रासायनिक मल सहज वितरणका लागि जिल्ला समन्वय समिति तथा कमाण्ड पोष्टले जिल्लामा आयात भएको परिमाणमो आधारमा कुन स्थानीय तहलाई कति पठाउने भन्ने टुङ्गो लगाउने र सोही अनुसार थाहामा परेको परिमाणलाई नगरमा क्षेत्रगत रुपमा वितरणको व्यवस्था प्रमुख विष्टले बताए । नगरमा प्राप्त रासायनिक मल क्षेत्रगत रुपमा वितरण गरिने निर्णयले किसानलाई सहज हुने नगर प्रमुख विष्टले विश्वास गरेका छन् । 

थाहा नगरमा अहिले १२ सहकारी संस्थाले रासायनिक मलको आयात तथा वितरणको काम गरिरहेको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०