Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा भएको निषेधज्ञामा के गर्ने के नगर्ने ? (सूचीसहित)

Nisedhaagya-1597759386.jpg

जिल्ला प्रशासन कार्यलय मकवानपुरले थाहा नगरपालिका क्षेत्रभर लागू हुने गरी सात दिनका लागि निषेधाज्ञा जारी गरेको छ । थाहा नगरपालिाकाको सिफारिसमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले २ भाद्रमा निषेधाज्ञा आदेश जारी गरेका हुन् । 

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको अध्यक्षतामा २ भाद्रमा बसेको नगर कार्यपालिकाको बैठकले थाहानगरमा ७ दिनको लागि निषेधाज्ञा जारी गर्न स्थानीय प्रशासनलाई सिफारिश गर्ने निर्णय गरेको थियो । जिल्ला सुरक्षा समितिको बैठकले थाहानगरमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

निषेधाज्ञा २ भाद्र मंगलबार राती १२ बजेदेखि भदौ ९ गते राती १२ बजेसम्म कायम रहने जनाइएको छ । 

यि क्रियाकलाप गर्न पाइँदैनः

  • औषधि उपचार, खाद्यवस्तु खरिद, उत्पादित तरकारी बिक्रि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन पाइने छैन ।
  • एम्बुलेन्स, विरामी बोकेको गाडी, खाद्य वस्तु, तरकारी, दुध, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शव बहान, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपन्छीका दाना बोक्ने गाडी, संचारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने गाडी, जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त, थाहा नगरपालिकाबाट सिफारिस प्राप्त सवारी साधन बाहेक कुनै पनि प्रकारको सार्वजनिक तथा निजी सवारी, अटो, मोटरसाइकल लगायतका साधनहरु संचाल नगर्न पाइने छैन ।
  • स्वास्थ्य संस्था र अत्यावश्यक सेवाका कार्यालयहरु बाहेक सबै सरकारी, निजी, गैर सरकारीबाट प्रदान गरिने जनसम्पर्क हुने नियमित सेवा संचालन गर्न पाइने छैन ।
  • विहान १० देखि १ बजेसम्म मात्र वित्तिय सस्थाहरुमा रकम जम्मा गर्ने, भुक्तानी लिने, रेमिट सेवा बाहेक सबै अन्य सेवा संचालन हुने छैन ।
  • धार्मिक साँस्कृति सामाजिक लगायत कुनै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारको क्रियाकलापहरु संचालन गर्न पाइने छैन ।
  • अत्यावश्यक सेवा बाहेकका सबै सवारी साधन बेलुकी ७ देखि विहान ६ बजेसम्म नगर क्षेत्रमा संचालन गर्न पाइने छैन । 
  • थाहानगरबाट तरकारी बोकेर बाहिरीने गाडीहरु साँझ ७ बजेभन्दा पछि बाहिरिन पाउने छैनन् ।

पाइनेः

  • खाद्यन्न तथा तरकारी पसलको हकमा विहान ६ देखि ९ बजेसम्म मात्र कोभिड–१९ सुरक्षा मापदण्ड पालना गरी संचालनगर्न पाइने छ ।
  • तरकारी संकलन केन्द्र संचालक व्यवसायीले व्यवसाय संचालन गर्दा तथा ढुवानी गर्दा कोभिड–१९ सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।
  • अन्य जिल्लाबाट नगर प्रवेश गर्ने अत्यावश्यकीय सवारी साधनलाई अवरोध नहुने ।
  • नगरपालिकाको सिफारिसको आधारमा नगर क्षेत्र भित्र अत्यावश्यकीय सेवाका लागि सवारी संचालन सिफारिसका आधारमा संचालन गर्न दिइने छ । 
  • नगरपालिकाको अनुमतिको आधारमा संचालन भैरहेका विकास निर्माणका कामहरु यथास्थानका रहेर गर्नका लागि रोक नलगाइने ।
  • कृषकहरुलाई आफ्नो खेतबारीमा कामकाज गर्न रोक नलगाइने ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जारी गरेको निषेधाज्ञा:


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०