Sunday, 23rd August, 2026
वि.स.

थाहानगरमा बजार अनुगमन, उपभोक्ता हित विपरित सामाग्री बेचे कारबाही गरिने

Anugaman-1590030048.jpg

मकवानपुर थाहा नगरपालिकाले बजार अनुगमन गरेको छ। थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीको नेतृत्वमा बजार अनुगमन भएको हो । 

कोरोना भाइरसको महामारीका बेला उपभोक्ताहरु नठगिउन् भन्ने उद्देश्यले बजार अनुगमन गरिएको उपप्रमुख गोपालीले जानकारी दिए । अनुगमन टोलीले शिखरकोट, थानाबजार तथा ओखरबजारमा रहेका पसलहरुको अनुगमन गरेको हो । 

अनुगमनका क्रममा म्याद गुज्रिएको केही सामाग्रीहरु भेटिएको अनुगमन टोलीले जानकारी दिएको छ । सो क्रममा व्यवशायीहरुलाई सचेत पारिएको गोपालीले बताए । उपभोक्ता हितमा प्रत्येक्ष असर पर्ने आवस्थामा पीडत तथा उपभोक्ताहरुले थाहा नगर उपभोक्ता हित संरक्षण समितिमा उजुरी दिन सकिने गोपालीले बताए  । त्यस्ता उजुरी परेमा छनविन गरी कार्यविधि अनुसार कारबाही गरिने उनको भनाइ छ ।

अनुगमन टोलीमा थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, उपभोक्ता हित संरक्षण मञ्च  मकवानपुरका सदस्य गणेशमान श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्च थाहानगरका अध्यक्ष प्रमोख जोशी, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, इलाका प्रहरी कार्यालय पालुङका प्रतिनीधिहरुलगायतकाको सहभागीता रहेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०