Friday, 21st August, 2026
वि.स.

थाहानगरमा फरक सोचले राख्यो सार्वजनिक स्थानमा हातधुने ठाउँ

yaddddd-1584949986.jpg

फरक सोच अभियानले थाहा नगरपालिकाको भिडभाड हुने २ स्थानमा हात धुनका लागि साबुनसहितको पानीको बाल्टिन राखेको छ । 

थाहा नगरपालिकाका विभिन्न सहयोगीहरुको सहयोगमा थाहा नगरपालिकाको थाना बजार पालुङ बहुउद्देश्यीय सहकारी संस्था अगाडि र शिखरकोटमा नवजागृत पुस्तकालय अगाडि हात धुने ठाउँको व्यवस्था गरिएको फरक सोचका अध्यक्ष यादवजंग रायमाझीले जानकारी दिए । 

हात धुने ठाउँ बनाउनको लागि रोशन गोपाली र अनित बिष्टले बाल्टिन तथा अन्जल प्रधान र पुरुषोत्तम ढकालले सामुनका लागि आर्थिक सहयोग गरेका हुन् । हात धुने ठाउँमा हात धुने तरिकालाई फरक सोच अभियानका अध्यक्ष रायमाझी तथा गणेश बिष्टले सीप प्रदर्शन गरेर सिकाएका थिए । 

साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग र माक्स लगाएर हिँडेमा केही हदसम्म भाइरस नियन्त्रण गर्न सकिने विशेषज्ञकको राय अनुसार सार्वजनिक स्थानहरुमा राखिएको साबुन पानीले हात धुन फरक सोचले सबैलाई आग्रह गरेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif