Sunday, 23rd August, 2026
वि.स.

थाहानगरमा प्रहरी सक्रियता, २ हजार लिटर घरेलु मदिराको कच्चा पदार्थ नष्ट

KKKAA-1590026521.jpg

मकवानपुर थाहा नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय पालुङबाट बरामद गरिएको घरेलु मदिरा नष्ट गरिएको छ । प्रहरीले थाहा नगरपालिकाको विभिन्न बजारबाट बरामद गरिएको घरेलु मदिरा ७ जेठमा नष्ट गरेको हो ।

नगरको ओखर बजार, बज्रबाराही, खानीगाउँ क्षेत्रबाट मदिरा बनाउन तयारी अवस्थाको कच्चा पदार्थ २ हजार लिटर र २ सय १५ लिटर मदिरा बरामद गरिएको प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिए ।

यसैबीच, थाहा नगरपालिका, स्थानीय प्रशासन र थाहानगर उद्योग वाणिज्य संघको टोलीले बजार अनुगमन गरेको छ । कोरोनाको जोखिमको न्युनिकरण तथा सामानको बजार मूल्य र तौलको अनुगमन गरिएको थाहानगर उद्योग बाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०