Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा पछिल्लो रेकर्ड तोडेदै १ सय २७ ले रक्तदान गरे

थाहा नगरपालिकामा एकै दिन १ सय २७ जनाले रक्तदान गरेका छन् । ‘रक्तदान: जीवन दान’ भन्ने नारासहित २५ मा पालुङ जेसीज सभाहलमा आयोजित कार्यक्रममा थाहानगरमा अहिलेसम्मकै सबैभन्दा धेरै व्यक्तिले रक्तदान गरेका हुन् । सयअघि १ सय १७ जनाले एकै पटक रक्तदान गरेको रेकर्ड रहेको थियो । कार्यक्रम थाहा–३ की कविता कार्कीले रक्तान गरेर शुभारम्भ भएको थियो । 

फोटोः गणेश विष्ट/थाहा टाइम्सपालुङ जेसीज र लायन्स क्लब अफ थाहा पिस तथा लियो क्लब अफ पिस थाहानगरको आयोजना र लायन्स क्लब अफ काठमाण्डौं ब्लड सर्कल, थाहानगर उद्योग वाणिज्य संघ, फरक सोच, ल्यायम्हः पुचः लगायत संघसंस्थाहरुको सहकार्यमा रक्तदान कार्यक्रम भएको पालुङ जेसीज वर्ष २०२० का उपाध्यक्ष निरज रायमाझीले जानकारी दिए । पालुङ जेसीजको सभाहलमा भएको कार्यक्रममा नेपाल रेडक्रम सोसाइटी रक्तसंचार भक्तपुरको प्राविधिक सहयोग रहेको थियो । 

फोटोः गणेश विष्ट/थाहा टाइम्सकार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुखसहित प्रहरीहरुले समेत रक्तदान गरेको कार्यक्रममा अन्तिममा संजय गोपालीले रक्तदान गरेका थिए । सो कार्यक्रममा थाहा–१ का विजयश्याम अमात्य, थाहा–२ का भरत तामाङ र सहदेव ढकालले ३७ औं पटक रक्तदान गरेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०