Sunday, 23rd August, 2026
वि.स.

थाहानगरमा नियमित खोप सेवा शुरु

Niyamit-khop-1590034089.jpg

मकवानपुर थाहा नगरपालिकाले आफ्ना स्वास्थ्य संस्थाहरुबाट नियमित खोप सेवा शुरु गरेको छ । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा भएको लकडाउनका कारण प्रभावित भएको नियमित खोप सेवा सुचारु गरिएको थाहा नगरपालिका स्वास्थ्य शाखा संयोजक मेघराज बलामीले जानकारी दिए । 

थाहा नगरपालिकाले आफ्ना १२ स्वास्थ्य संस्था र २६ वटा खोप केन्द्रहरुबाट नियमित खोप सेवा प्रवाह गर्दै आएको संयोजक बलामीले जानकारी दिए । 

नियमित खोप अन्तर्गत नेपाल सरकारले तोकेको ११ रोग विरुद्धको सात पटक खोप लगाउनु पर्ने नियम छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०