Tuesday, 25th August, 2026
वि.स.

थाहानगरमा थप एकजना पुरुषमा कोरोना पुष्टि

THaha-Times-1599745363.jpg

थाहा नगरपालिकामा थप एकजना पुरुषमा २५ भाद्र साँझ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थाहा नगरपालिका वडा नम्बर ६ मा स्थायी घर भएका पुरुषमा कोरोना पुष्टि भएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।

थाहानगर कोरोना क्वारेन्टिन ओम अध्याय रिसोर्टमा रहेका ३४ वर्षिय पुरुषमा कोभिड–१९ पुष्टि भएको हो । विरगञ्ज तथा काठमाण्डौं पुगेको ट्राभर हिस्ट्री भएका ति पुरुषको २३ भाद्रमा स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाइएकोमा २५ भाद्रमा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । 

कोभिड–१९ संक्रमण पुष्टि भएका उनलाई २५ भाद्रमै हेटौंडा स्थित आइसोलेशनमा पठाइएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif