Tuesday, 25th August, 2026
वि.स.

थाहानगरमा थप एकजनामा कोरोना पुष्टि

corona-Update-1594481446.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ का एक पुरुषमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । 

साउदी अरबबाट नेपाल आई २२ असारबाट थाहानगर कोरोना क्वारेन्टिनमा रहेका ३९ वर्षिय पुरुषमा २७ असारमा कोभिड–१९ पुष्टि भएको हो । हेटौंडा स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्वाब परीक्षण गर्दा ति पुरुषमा कोरोना देखिएको हो । 

साउदीबाट आएपछि काठमाण्डौ स्थित बसुन्धरा होल्डिङ सेन्टरमा बसी सिधै थाहानगर आएका उनको अवस्था भने सामान्य छ ।

अहिले हेटौंडा आइसोलेशनमा थाहानगरका उनीसहित ४ जना आइसोलेशनमा रहेका छन् । उनीहरु सबैको उपचार भैरहेको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif