Saturday, 22nd August, 2026
वि.स.

थाहानगरमा तीन पाङ्ग्रे सवारीसाधन दर्ता अनिवार्य

मकवानपुर थाहा नगरपालिका भित्र सञ्चालन हुने तीन पाङ्ग्रे सवारीसाधन  (रिक्सा, ई-रिक्सा, अटो रिक्सा)  अनिवार्यरुपमा दर्ता हुनु पर्ने भएको छ ।

नगर क्षेत्रमा तीन पाङग्रे सवारीसाधन अव्यवस्थितरुपमा सञ्चालन हुँदा व्यवस्थापनमा समस्या भइरहेको भन्दै नगरपालिकाले दर्ता अनिवार्य गरेको हो ।नगरले दर्ता, सञ्चालन अनुमति, नवीकरण, भाडादर निर्धारण, पार्किङ्ग क्षेत्र र स्टोपेज निर्धारणका लागि नगर क्षेत्रमा सञ्चालित तीन पाङ्ग्रे सवारीसाधनको खोजी गर्न थालेको छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले पनि आफ्नो क्षेत्र भित्रका सवारी तथा यातायात व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif