Tuesday, 25th August, 2026
वि.स.

थाहानगरमा तीन जनामा कोरोना संक्रमण पुष्टि

update-1601981589.jpg

पछिल्लो पटक थाहा नगरपालिकाबाट स्वाब संकलन गरिएकामध्ये पिसिआर विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थाहा नगरपालिकाका ३ जनामा २० असोजमा कोरोना संक्रमण पुष्टि भएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताए ।  

कोरोना संक्रमण पुष्टि भएका तीनमध्ये एक जना ३५ वर्षीय पुरुषको स्थायी ठेगाना थाहा नगरपालिका–१ रहेको छ । उनी विदेशबाट फर्केर होम क्वारेन्टाइनमा बसेका थिए ।अन्य १८ र २० वर्षका दुईजना पुरुषहरु भने भारतीय नागरिक हुन् । उनीहरु एक साताअघि बज्रवाराही स्थित एक फर्निचरमा काम गर्न आउँदै गर्दा सिधै  बज्रवाराही क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरिएको थियो । 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif