Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा जेसीजको क्षेत्र "ख" सम्मेलन हुने पक्का

Palung-JCI-1600607832.jpg

नेपाल जेसीजको क्षेत्र ख सम्मेलन सन् २०२१ मा पालुङ जेसीजको आतिथ्यमा थाहानगरमा हुने भएको छ । वालिङ जेसीजको आतिथ्यमा ३ असोज राती सम्पन्न भर्चुअल सम्मेलनमा बिडिङ गर्दा पालुङ जेसीजले अर्को वर्षको क्षेत्र ख सम्मेलन गर्ने अवसर पाएको हो । 

सम्मेलनमा चारवटा जेसीजले बिडिङ गरेकोमा अन्त्यमा पालुङ जेसीज र चन्द्रनिगाहपुर सिटी जेसीजबीच निर्वाचन भएको थियो । निर्वाचनमा क्षेत्र ख अन्तर्गत ३० वटा शाखाहरुले मतदान गरेकोमा पालुङ जेसीजले १७ वटा शाखाको मत प्राप्त गरेको थियो । 

यसअघि पालुङ जेसीजले सन् २०१५ मा क्षेत्र  ख सम्मेलनको आतिथ्यमा गरेको थियो  । सन् २०२१ मा थाहामा हुने सम्मेलनमा करिब ५ सय युवाहरु सहभागी हुनेछन्  । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०