Saturday, 22nd August, 2026
वि.स.

थाहानगरमा जागिर खानेलाई परीक्षा मिति तोकियो (हेर्नुहोस सूचना)

Thaha_Munaaaaaaaa-1571737962.jpg

थाहा नगरपालिकाको लागि दरखास्त आव्हान भएको एम.आइ.एस. अपरेटर र फिल्ड सहायकको लागि नगरपालिकाले परीक्षा मिति तोकेको छ । नगरपालिकाले एम.आइ.एस. अपरेटरको सीप परीक्षण यहि कार्तिक १८ गतेका लागि तोकेको छ ।  एम.आई. एस. अपरेटरमा संक्षिप्त सूचीमा परेका उमेद्वारले १८ गते विहान ११ बजे सीप परीक्षा दिनूपर्नेछ भने १९ गते विहान ११ बजे अन्तरवार्ता दिनूपर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

त्यस्तै फिल्ड सहायकको भने कार्तिक २० गते विहान ११ बजे अन्तरवार्ता हुने थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सीप परीक्षण र अन्तरवार्ता समितिका संयोजक हरिलाल पुरीले जानकारी दिए ।
 
नेपाल सरकार (माननीय गृह मन्त्रीस्तर) बाट मिति २०७६ साउन ८ गते स्वीकृत ‘सेवा इकाईको लागि जनशक्ति छनौट सम्बन्धी मापदण्ड, २०७६’ को दफा ९ बमोजिम परीक्षा हुन लागेको हो । असोज १७ गते राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, बबरमहल, काठमाण्डौंले प्रकाशन गरेको संक्षिप्त सूचीमा परेका व्यक्तिहरुले दरखास्त दिँदाको बखत अनलाइनमा पेश भएका शैक्षिक तथा तालीम र अनुभवका प्रमाणपत्रहरुको सकलै प्रति लिई उपस्थित हुनु नगरपालिकाले सूचना गरेको छ । 

सूचनाः



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif