Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा चालु आर्थिक वर्षको योजना कार्यान्वयन प्रारम्भ

thaha-1596034939.jpg

मकवानपुर थाहा नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को योजना कार्यान्वय प्रारम्भ गरेको छ ।  नगरपालिकाले १४ साउनमा वडा कार्यालयहरुलाई उपभोक्ता समिति गठन गर्नको लागि परिपत्र गरेको छ । 

उपभोक्ता समिति गठन लगतै समितिका पदाअधिकारीहरुलाई अनुशिक्षण दिइने थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । नगरपालिकाले वडा कार्यालयहरुलाई गरेको परिपत्रमा भाद्र १० गतेसम्म सबै उपभोक्ता समिति गठन गर्नको लागि भनिएको छ । नगरपालिकाले उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष, वडाका पाँचै जना जनप्रतिनीधि र वडा सचिवलाई १४ भाद्रदेखि अनुशिक्षण नगरपालिकाले कार्यतालिका सार्वजनिक गरेको छ । 

२०७७ फागुन मसान्तसम्म नगरका सबै योजना सम्पन्न गर्ने लक्ष्यका साथ कार्ययोजना बनाएर नगरपालिकाले योजना कार्यान्वयनको खाका तयार गरेको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिए । नगरपालिकाले ठेक्कापट्टाबाट संचालन गर्ने योजनाहरुको पनि ७ भाद्रमा सबै सूचना प्रकाशन गर्ने पुरीले जानकारी दिए । 

नगरपालिकाले शाखागत रुपमा अघिल्लो आर्थिक वर्षको समिक्षा र वार्षिक योजना समेत निर्माण गरी योजना कार्यान्वयन गर्दै आएको छ । 

हेर्नुहोस् योजनाः


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०