Friday, 21st August, 2026
वि.स.

थाहानगरमा गोरख संवतको नयाँ वर्ष २८१२ मनाइयो

मकवानपरको थाहानगरमा गोरख संवतको नयाँ वर्ष  २८१२ को शुभकामना आदानप्रदान सहित मनाइएको छ । वर्षेनी जस्ते यसवर्ष पनि थाहा नगरपालिका वडा नं। ३ मा रहेको सत्गुरु गोरखनाथ मन्दिरमा कार्यक्रम आयोजना गरिएको हो । 

फोटो: गणेश विष्ट/विकासखबर

गोरखनाथ कल्याण केन्द्रको आयोजनामा भएको कार्यक्रममा मन्दिरमा भजनकृतन , होम पुजा तथा प्रसाद बितरण भएको थियो । कार्यक्रममा गोरखनाथ कल्याण केन्द्रका संस्थापक तथा संरक्षक अनन्त खनाल, बर्तमान अध्यक्ष बिश्वबम मल्लको विशेष उपस्थिती उपस्थिति थियो । सो अवसरमा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, विभिन्न संघ संस्थाका प्रतिनीधि तथा भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

फोटो: गणेश विष्ट/विकासखबर

नयाँ वर्षमा आयोजित उक्त कार्यक्रममा धादिङ, काठमाडौं तथा स्थानीय गोरखभक्तहरुको राम्रो जमघट रहेको गोरखनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष गणेश विष्टले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif