Friday, 21st August, 2026
वि.स.

थाहानगरमा गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क संकलन शुरु

ganak-001-1581870725.jpg

मकवानपुर थाहा नगरपालिकामा गरिब घरपरिवार पहिचान तथा गरिव परिचयपत्र वितरणका लागि तथ्याङ्क संकलन शुरु भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा तथ्याङ्क संकलन शुरु भएको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । 

जिल्लाका दशवटै स्थानीय तहमा कार्यक्रम सञ्चालनका लागि तथ्याङ्क संकलनको काम भैरहेको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ । थाहा नगरपालिकामा एकजना सुपरीवेक्षक सहित नौ जना गणकहरु खटिएका छन् । उनीहरुलाई पाँचदिन प्रशिक्षण गराई कार्यक्षेत्रमा खटाइएको थाहा नगरपालिकाले जनाएको छ । 

यसैबीच घरघरमा विवरण संकलनका लागि खटिएका गणकहरुलाई सत्य तथ्य सूचना उपलब्ध गराउन नगर प्रमुख लवशेर विष्टले नगरबासीहरुलाई आग्रह गरेका छन् । विकासको सूचक निर्धारणमा समेत यस तथ्याङ्कले मद्दत गर्ने बताउँदै सही सूचना दिए योजना तर्जुमाको लागि महत्वपूर्ण सहयोग मिल्ने बताए । 

पढ्नुहोस सूचना:



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif