Saturday, 22nd August, 2026
वि.स.

थाहानगरमा खाद्यन्न मौज्दात विवरण संकलन थालियो

Khadhyanna-1585277688.jpg

थाहा नगरपालिका क्षेत्रमा रहेका खाद्यन्न पसलहरुको मौज्दात विवरण थाहा नगरपालिकाले संकलन थालेको छ । कोरोना भाइरसका कारण भएको लकडाउनका बेला अत्यावश्यक उपभोग्य बस्तुको आपूर्त तथा वितरण आँकलनका लागि विवरण संकलन गरिएको हो । 

उपभोग्य वस्तु सकिएपछि सिफारिस तथा नगरबासीलाई खरिदका लागि सहजता बनाउन कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालयले मौज्दात संकलन गर्न नगरपालिका अन्तर्गतका बजार व्यवस्थापन समितिहरुसंगको समन्वय गरेको सचिवालय सदस्य अनिल लामिछानेले बताए ।

लामछिानेका अनुसार १४ चैतको सचिवालयको रिपोर्टमा मोज्दात सार्वजनिक गरिने छ । सचिवालयको निर्णयको आधारमा मौज्दात संकलन भएकोले जे जति मौज्दात छ जानकारी गराइदिन व्यवशायीहरुलाई नगरपालिकाले अनुरोध गरेको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif