Saturday, 22nd August, 2026
वि.स.

थाहानगरमा खाद्यन्न आपूर्तिमा सहजता छ – लामिछाने

khadhyann-1585622972.jpg

थाहा नगरपालिकाले प्रत्येक वडामा अत्यावश्यकीय खाद्यन्न आयातलाई सहजता बनाएको छ । नगरपालिकाले आफ्नो १२ वटै वडा समितिको संजोकत्वमा वडा भित्र रहेका खाद्यान्न तथा दैनिक उपभोगका सामाग्री आपुर्तिको सहजताको लागी वडाबाट नै लगत संकलन गर्न वडालाई परिपत्र गरेको छ । 

मौज्दात नगरपालिकामा पेश गरेपछि मात्र खाद्यन्न आपूर्तिकर्ताले सिफारिस पाउनेछन् । वडा कार्यालयहरुले खाद्यन्न पसल तथा मौज्दातको विवरण बजार व्यवस्थापन समितिहरुसंगको समन्वयमा संकलन गर्ने व्यवस्था मिलाइएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय थाहा नगरपालिकाका सदस्य अनिल लामिछानेले बताए । 

थाहा नगरपालिका क्षेत्रमा खाद्यान्न तथा अन्य दैनिक उपभोगका सामाग्रीहरु ढुवानी गरिल्याउन १७ चैतमा २ वटा ट्रक÷जीपलाई सवारी पासको लागी सिफारिस गरेको सदस्य लामिछानेले बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif