Friday, 3rd July, 2026
वि.स.

थाहानगरमा कोरोना एन्टीबडी टेष्ट, सबैको नतिजा उस्तै-उस्तै

Test-3-1587090304.jpg

मकवानपुरको थाहा नगरपालिकाले घरघरमै पुगेर थालेको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ३० जनाको परीक्षण गरिएको छ । ३ वैशाखबाट शुरु गरेको आरडीटी परीक्षणमा ४ महिलासहित ३० जनाको परीक्षण भएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 

नगरपालिकाले नगर क्षेत्रमा विदेशबाट आएकाहरुलाई प्राथमिकतामा राख्दै टेष्ट शुरु गरेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । वडा नम्बर १, २, ६, ७, १०, ११ र १२ मा परीक्षण भएकोमा सबैको नतिजा नेगेटिभ आएको डाक्टर उदय रोकाले जानकारी लिए । 

घरघरमै आरडीटी टेष्टका लागि खटिएका टोलीमा स्वास्थ्य संयोजक बलामीसहित डाक्टर उदय रोका, डाक्टर सुबोध चापागाई, नर्सिङ निरीक्षक बालकुमारी ढकाल, ल्याब टेक्निसियन रमेश खड्का, अनुपा तिमल्सिना र स्टाफ नर्स रमिता भुजेल सहभागी छन् ।

थाहा नगरपालिकामा ४० जनाको परीक्षण गर्नेगरी ¥यापिड डाइग्नोस्टिक टेस्ट किट स्वास्थ्य कार्यालय मकवानपुरले पठाएको छ । थाहा नगरपालिकामा ७० जना विदेशबाट आएका व्यक्तिहरु रहेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०