Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा कोरोना संक्रमितबाटै यस्तो ‘भूल’ भयो !

Bhul-Vo-1599789525.jpg

२५ भाद्रमा कोरोना संक्रमित पुष्टि भएका थाहा नगरपालिका वडा नम्बर ६ का कोरोना संक्रमित पुरुष क्वारेन्टिनमा बसेको नौ दिनपछि पिसिआर रिपोर्ट आएको छ । उनको रिपोर्ट पोजेटिभ आयो । 

थाहानगरमा आउने वित्तिकै घरमा जाँदै नगई उनलाई क्वारेन्टिनमा राखिएको डाक्टर उदय रोकाले जानकारी दिए । कोरोनाको जोखिम क्षेत्रबाट आएपछि त्यस्ता व्यक्तिलाई क्वारेन्टिनमा राख्ने गरिएको क्वारेनिटनकी स्टाफ नर्स रमिता भुजेलले बताइन् । ‘संगै कोही आएका छन् भने आएका सबैलाई क्वारेनिटनमा राखिन्छ, पिसिआर परीक्षण रिपोर्ट आएपछि मात्र घर पठाइन्छ’–स्टाफ नर्स भजेलले भनिन् । 

तर, २५ भाद्रमा कोरोना पुष्टि भएका पुरुषसंगै मोटरसाइकलमा थाहा–२ का एक ३४ वर्षिय पुरुष पनि आएको थाहा भएको छ । आफूमा कोरोना पुष्टि भएपछि मात्र ति पुरुषले दुईजना मोटरसाइकलमा संगै पालुङ आएको उनले जानकारी दिए । १७ भाद्रमा भने उनले आफूमात्र मोटरसाइकलमा थाहानगर आएको बताएका थिए । २५ भाद्रमा संक्रमितले दिएको सूचनाको आधारमा थाहा–२ का संगै यात्रा गरेका पुरुषलाई पनि क्वारेन्टिनमा राखिएको छ भने उनका ६ जना परिवारलाई होम क्वारेनिटनमा राखिएको छ । ‘तत्कालै सूचना नदिएर संक्रमितले भूल गरे, यस्ले जोखिम भयो’–डाक्टर सुबोध चापागाइले प्रतिक्रिया दिए । संगै आएका थाहा–२ पालुङका पुरुष १० भाद्रमा एउटै मोटरसाइकलमा विरगञ्ज गएका थिए । उनीसंगै १३ भाद्रमा काठमाण्डौं फर्केर पुनः एउटै मोटरसाइकलमा १७ भाद्रमा थाहानगर आएको कन्ट्याक ट्रेसिङबाट थाहा भएको छ ।

स्वास्थ्य परीक्षण मापदण्ड अनुसार २३ भाद्रमा उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा परीक्षण गरिएको थियो । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०