Wednesday, 26th August, 2026
वि.स.

थाहानगरमा कोरोना संक्रमितको संख्या ६३ पुग्यो, संक्रिय ७ जना मात्र

COROOO-1606396431.jpg

मकवानपुर थाहा नगरपालिकामा कोरोना संक्रमितको संख्या ६३ पुगेको छ । 

थाहानगरमा ११ मंसिरसम्म संक्रमितको संख्या ६३ पुगेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । संक्रमित मध्ये सबैभन्दा बढि वडा नम्बर ६ मा २३ जना रहेको छ भने दोस्रो बढि संक्रमण भएको वडा ४ नम्बर रहेको छ । वडा नम्बर ४ मा १४ जनामा संक्रमण भएका थिए । 

संक्रमित मध्ये ५४ जना निको भैसकेका छन् भने २ जनाको मृत्यू भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ५, ८ र १२ मा हालसम्म एकजनामा पनि संक्रमण नभएको नगरपालिकाको अभिलेख रहेको छ । 

यसैबीच अहिले थाहा नगरपालिकाले संचालन गरेको बज्रवाराही क्वारेन्टिनमा एकजना पनि छैनन् भने होम आइसोलेशनमा  ७ जना मात्र रहेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif