Friday, 3rd July, 2026
वि.स.

थाहानगरमा कोरोना क्वारेन्टाइनका लागि छुट्टै डाक्टर र स्वास्थ्यकर्मी

swasthya-karmiaaaaa-1585275858.png

थाहा नगरपालिकाले संचालनमा ल्याउन लागेको कोरोना क्वारेन्टाइनमा छुट्टै डाक्टर, नर्स तथा अन्य स्वासथ्यकमीृहरको व्यवसथा गरेको छ । ॐ अध्याय रिट्रिट रिसोर्टको २८ वटा कोठामा कोरोनाको जोखिममा रहेका विरामीलाई राख्नको लागि क्वारेन्टाइन बनाउन रिसोर्टसंग सम्झौता भएलगतै डाक्टरसहतको स्वास्थ्य टोली नगरपालिकाले तयार गरिसकेको छ । 

क्वारेन्टाइनमा एकजना मेडिकल अधिकृत, दुईजना नर्स तथा अन्य थप स्वासथ्यकर्मीसहित सहयोगी समेतको व्यवसथा गरेको छ । सुरक्षाको लागि नेपाल प्रहरी तथा नेपाली सेनासंग समन्वय भएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । प्रमुख विष्टले भने–‘क्वारेन्टाइन थुन्ने ठाउँ हैन, उपचार, काउन्सिलिङ र ट्राभल हिस्ट्री लिएर महामारी फैलन नदिने ठाउँ हो, त्यसैले क्वारेन्टाइनमा बस्न कोही आत्तिन हुँदैहुँदैन, यो त सुरक्षाको भरपर्दो उपाय हो ।’ थाहा नगरपालिकाले वडा नम्बर ६ मा रहेको रिसोर्टको २८ कोठालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०