Wednesday, 26th August, 2026
वि.स.

थाहानगरमा एक स्वास्थ्यकर्मीसहित २ जनाको कोरोना संक्रमण पुष्टि

COROOO-1606138288.jpg

मकवानपुर थाहा नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

हेटौंडा स्थित प्रादेशिक प्रयोगशालामा पिसिआर गर्दा थाहा नगरपालिकाका दुई जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका तथा शंकास्पदहरु मध्ये २० जनाको स्वाब परक्षिण गरिएकोमा २ जनामा संक्रमण देखिएको हो । 

संक्रमण हुनेमा थाहा नगरपालिका वडा नम्बर ९ की ४७ वर्षिय र वडा नम्बर १० की ३१ वर्षिय महिलामा संक्रमण पुष्टि भएको थाहा नगरपालिका स्वास्थ्य शाखाका मेघराज बलामीले जानकारी दिए । उनीहरु दुवैजना साविक चित्लाङ गाविसका हुन् ।  संक्रमित मध्ये ४७ वर्षिय महिला स्वास्थ्यकर्मी हुन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif