Friday, 3rd July, 2026
वि.स.

थाहानगरमा एकै दिन डेढसय बढि भित्रिए, स्वास्थ्य परीक्षण अनिवार्य

Chitlang-1585185219.jpg

थाहा नगरपालिकाको दुई नाकाबाट पैदल हिँडेर मात्र एकसय ६२ जना थाहानगर भित्रिएका छन् । थाहा नगरपालिकाको चित्लाङ र आग्राको भोर्ले नाकाबाट मानिसहरु थाहामा हिँडेरै भित्रिएका हुन् । 

थाहा नगरको चित्लाङबाट १२ चैतमा १ सय ३९ जना र बाँकी भोर्ले नाकाबाट भिएिको थाहा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।  उनीहरुहरुलाई ति दुई स्थानमा राखिएको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गरिएको संयोजक बलामीले बताए । 

यसैबीच थाहानगरमा अन्यत्रबाट भित्रिएका नागरिकहरुको निगरानीलाई उच्च पारिएको छ ।  त्यस्ता व्यक्तिहरुको विवरण वडा तथा जनप्रतिनीधिहरु मार्फत संकलन गरी स्वास्थ्य परक्षिण गराइरहेको थाहानगर प्रमुख लवशेर विष्टले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०