Thursday, 20th August, 2026
वि.स.

थाहानगरमा आलु महोत्सव गर्ने सहकारीको योजना

कृषि र पर्यटनको उर्वर क्षेत्र मानिएको थाहानगरमा मेला र उत्सव नयाँ होइन तर सहकारीले नै महोत्सव संचालन गर्नु चाहिँ नयाँ हो । यस्तै नयाँ काम गर्ने मुक्तिनाथ हरियाली कृषि सहकारीले गर्ने योजना बनाएको छ । थाहा नगरपालिका वडा नं. २ मा रहेको उत्तः सहकारील आगामी बर्ष थाहानगरमा आलु महोत्सव उद्घोष गरेको छ । संस्थाको तेस्रो साधारणसभाको अवसरमा अध्यक्ष माधब कार्कीले यस्तो घोषणा गरेका हुन् ।

थाहा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष अध्यक्ष गुप्तबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको साधारणसभाको विशेष अतिथी प्रधानमन्त्री कृषि आधुनिक परियोजना तरकारी जोन शिखरकोटका प्रमुख सुजन अम्गाईको विशेष आतिथ्यमा भएको थियो ।

साधारणसभामा कुण्डलदेबी बहुउद्देश्यीय सहकारीका संस्थाका व्यवस्थापक राजन मिश्र, पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन कार्की, ईलाका प्रहरी कार्यालयका प्रमुख धुव्र सिलवाललगायतकाको आतिथ्यता रहेको थियो ।

साधारणसभाको अबसरमा सहकारीमा आवद्ध जेष्ठ नागरिक रामकृष्ण थापा, उत्कृष्ट व्यावसायी भैरब कार्की, उत्कृष्ट बचत सरिता माया तितुङ, उत्कृष्ट ऋणीमा बिष्णु माया स्याङ्तान, र रामकाजी थापालाई सम्मान गरिएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०