Wednesday, 26th August, 2026
वि.स.

थाहानगरबाट हराएकी महिलाको शव कुलेखानीमा

kulekhani-1606453779.jpg

थाहानगरबाट हराएकी एक महिलाको  शव कुलेखानी जलासयमा भेटिएको छ।  

मंसिर ८ गतेबाट हराएकी थाहानगरपालिका  ५ की  २८ बर्षिया राधीका लामा को शव  इन्द्रेसरोबर-१ मार्खु स्थित कलेखानी जलासयमा बिहिबार भेटिएको हो ।ताल भित्र डुबेको  अवस्थामा सशस्त्र प्रहरी बल गोताखोरको प्रहरी  टोलीले शव ताल भित्रबाट निकालेको मकवानपुर प्रहरी प्रवक्ता इन्द्र बहादुर रानाले बताएका छन् ।मंसिर ८ गते सोमबार देखी सम्पर्कबिहिन भएकी उक्त स्थानबाट तालमा हामफालेको भन्ने जानकारी अनुसार  सशस्त्र प्रहरीको गोताखोरको टोलीले ताल भित्र डुबेको अवस्था शव निकालेको डिएसपी रानाले बताएका छन्।

शव परिक्षणको लागि हेटौंडा अस्पताल लगिएको र घटनाको अनुसन्धान  भइरहेको डिएसपी रानाले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif