Tuesday, 25th August, 2026
वि.स.

थाहानगरको ७ नम्बर वडामा राधाकृष्णको मन्दिरमा मुर्ति प्रतिस्थापन

thaha-7-1597158574.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ चिसापानीका राधाकृष्णको मन्दिरमा मुर्ति प्रतिस्थापन गरिएको छ ।

कृष्णाष्टमीको अवसरमा २७ साउनमा उक्त मन्दिरमा मुर्ति प्रतिस्थापन गरिएको थाहा–७ की वडा सदस्य तथा कार्यपालिका सदस्य सुन्तली गुरुङले जानकारी दिइन् । थाहा नगरपालिका र च्वाइस नेपालको संयुक्त लगानीमा मन्दिरको निर्माण गरी मूर्ति प्रतिस्थापन गरिएको सदस्य गुरुङले जानकारी दिइन् । 

मन्दिरमा २७ साउनमा ब्राम्हणबाट पुजाआजा गरी मन्दिरमा मुर्ति प्रतिस्थापन गरिएको हो । कार्यक्रममा च्वाइस नेपालका प्रतिनीधिहरु, स्थानीयहरुलगायतको सहभागिता रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif