Tuesday, 25th August, 2026
वि.स.

थाहानगरको १ सहित ४ जना पाटे बाघको छालासहित पक्राउ

pate-1601903843.jpg

प्रहरीले पाटे बाघको छाला सहित ४ जनालाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका वडा नं. ८ का २४ वर्षिय सानुकान्छा थिङ, धादिङ गल्छी गाउँपालिका वडा नं. ५ का २७ बर्षीय आशिष तामाङ, सोही स्थानका २८ बर्षीय सुजन थिङ र सोही स्थानका टेकबहादुर तामाङ रहेका छन् । बिशेष सुचनाको अधारमा काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भू स्थित होटल प्लाजाको कोठा नं. २०८ बाट महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । बाघको छाला ९ फिट लम्बाई र २ फिट २ ईन्च चौडाई रहेको छ ।

३५ लाखमा खरिद गरी ल्याएको बाघको छाला ६० लाखमा बिक्री गरी बाँडेर दशैं मनाउने मनसाययले प्रलोभनमा परी बेच्न आएको भन्ने समेत प्रारम्भिक अनुसन्धान खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ । धादिङको स्थानीय टेकबहादुर तामाङले नगद ३५ लाखमा खरिद गरी ल्याएको  र उक्त रकम स्थानीय अर्को व्यक्तिले लगानी गरेको समेत अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif