Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको १० नम्बर वडामा कृषक समूहको सक्रियता बढ्दै, समूहहरु पुर्नगठन हुँदै

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० मा दु्ई वटा कृषक समुह पुनर्गठन भएको छ । वडा नम्बर १० को विसिङ्खेल र न्हुँलगाउँमा रहेको चम्पाकेश्वर कृषक समुह पुनर्गठन गरिएको हो । 

न्हुलगाउँमा रहेको चम्पाकेश्वर कृषक समूहको अध्यक्षमा प्रकाश गोपाली सर्वसम्मत चयन भएका छन् । समूहको उपाध्यक्ष बसन्त गोपाली, कोषाध्यक्ष अक्षय गोपाली, सचिव सरिता गोपाली, सहसचिव तिलक गोपाली, सहस्यहरुमा बुद्धलक्ष्मी गोपाली, रुपचन गोपाली, सुर्यमान गोपाली र महेश्वर गोपाली रहेको थाहा थाहा नगरपालिका वडा नम्बर १० की कृषि प्राविधिक कमला सुवेदीले जानकारी दिइन् । 

अन्नपूर्ण कृषक समूहको भेला ।यसैबीच थाहा नगरपालिकाको विसिङ्खेलमा रहेको अन्नपूर्ण कृषक समूहको भेलाले विनोद थापालाई अध्यक्षमा सुर्वसम्मत चयन गरेको छ । समूहको उपाध्यक्षमा राजेन्द्र कार्की, सचिव कुलचन्द्र अर्याल, कोषाध्यक्ष पार्वती लामिछाने, सदस्यहरुमा कालीमायाँ थापा, नारायण लामिछाने र दिनेश खत्री चयन भएका छन् ।

थाहा नगरपालिका वडा नम्बर १० मा रहेका कृषक समूहहरु थाहा नगरपालिका वडा नम्बर १० की कृषि प्राविधिक कमला सुवेदीको सहजीकरणमा पुनर्गठन भएका हुन् । बाँकी अन्य कृषक समूहहरु पनि पुनर्गठन गर्ने कार्यक्रम रहेको कृषि प्राविधिक सुवेदीले बताइन् । 

थाहा नगरपालिकाको कृषक समूह गठन तथा संचालन सम्बन्धी कार्यविधि, २०७७ अनुसार कृषक समूह पुनर्गठन गरिएको हो ।


https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०