Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको १० नम्बर वडामा कुकुर आतंक, घरपालुवा पशु मार्न थाल्यो

Kisan-Thaha-1589981159.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० मा भुस्याहा कुकुरको आतंक नै मच्चिएको छ । गाउँका किसानले पालेको खसी बाख्रा समेत मारेर खान थालेपछि स्थानीयहरुले ठूलो क्षति व्यहोर्नु परिरहेको छ । 

करिब डेढ वर्षदेखि गाउँका हाँस कुखुरा खान थालेको ४ वटा भुस्याहा कुकुरको समूहले खसी बोका नै मार्न थालेपछि स्थानीयहरु आजित भएका छन् । यि कुकुरहरु गाउँमै जन्मेका होइनन्, अन्तैबाट आएको स्थानीय अञ्जन लामिछानेले बताए । ‘पहिले–पहिले घरका हाँस कुखुरा चराउँदा कुकुर नै गोठालो हुन्थ्यो अहिले कुकरले नै हाँस कुखरा खान थालेपछि किसानहरुले हैरानी खेपिरहेकाछन्’–लामिछानेले भने,–‘ति कुकुरहरु मान्छेको नजिकै पर्दैनन्, मौका मिलेपछि घर पालुवा जे भेट्यो त्यही मारेर घिसारिहाल्छ ।’

विसिंखेलका उत्तम लामिछाने ६ जेठमा मात्र तीनवटा चौपाय कुकुरले मारेको छ । लामिछानेले पालेको २ वटा खसी र एउटा माउ बाख्रा मारेको हो । एउटा ३७ र अर्को ३३ किलोको खसी मारेको कृषक लामिछानेले बताए । उनले एकै दिन ६० हजार बढि क्षति ब्यहोर्नु परेको सुनाए । गोठको ढोका दाँतले टोकेर फुटाई कुकुरले चौपाया मारेको कृषक लामिछानेले जानकारी दिए । उनले भने–‘गोठमा बाँधेर राखेको खसी बाख्रा मारेर गर्दन र फिलो कुकुरले खाएछ ।’ पीडित किसानले दुःख व्यक्त गर्दै भने, बेच्ने बेला भएको खसी खाल्टोमा गाड्न प¥यो । भूस्याहा कुकुरको त्यही समूहले चारदिन अघि थाहा–१० कै तल्लो विसिङ्खेलका उमेश महत्तको एउटा माउ माख्रा र अर्को पाठो मारेको थियो । कृषक महत्तले पालेको खोरको एउटा खसी घाइते बनाएर छाडेको सुनाए ।  

थाहानगरको १० नम्बर वडाका किसानहरुको खबसी बाख्रा पालेको गोठको ढोका टोकेर, कोपरेर फुटाई कुकुरहरुले गएको छ  महिनामा ११ वटा चौमाया मारिसकेको छ भने दर्जानौ पशुवस्तु घाइते पारेर छाडेका छन् । त्यस्तै दक्षिण एशियामै थाहानगरको ओलिभ फर्ममा पाईने एउटा अल्पका पनि कुकुरले मारेको छ । 

भुस्याहा कुकुरहरुले बस्ती नजिकैको बनमा रहेको एउटा बँदेल समेत मारेको स्थानीयहरुले जानकारी दिएका छन् । त्यसोतः मृग र कालिज समेत ति कुकुरले मारेर खाएको स्थानीयहरुले देखेका छन् । 

कुकुरहरु गाउँमा बस्दै बस्दैनन् । मान्छेको नजिकै पर्दैन भने लखेट्दा गाउँतिर होइन जंगलतिर भाग्ने गरेको विसिङ्खेलका अञ्जन लामिछानेले बताउँछन् । घाँस सोत्तर गर्न समेत मानिसहरु डराउन थालेका छन् । ‘एक्लै मान्छे देखे कुकुरहरुले टेर्दै–टेर्दैन, उल्टै झम्टिन खोज्छ, लामिछानेले भने साँझ विहान मान्छेहरु हिडहुल गर्न पनि समस्या हुन थालेको  छ ।’ कुकुरले निकै दुःख दिन थालेपछि समस्याको समाधान खोजिदिन १० नम्बर वडाबासीले सबैलाई अपील गरेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०