Thursday, 20th August, 2026
वि.स.

थाहानगरको सिम्भञ्जाङ-दामनमा हिमपात, पर्यटकको ओइरो

मकवानपुरको थाहा नगरपालिकामा हिमपात भएको छ । २६ माघ विहानैबाट थाहानगरको दामन सिमभन्ज्याङ क्षेत्रमा बाक्लो हिमपात भएको छ । 

हिमपातपछि सिम्भञ्जाङ र दामनको मौषम निकै चिसो छ । सिमभन्ज्याङमा क्षणक हिमपात भएको थियो । पर्यटकहरुले लाइभ हिमपातमा मनोरञ्जन लिएका थिए । थाहानगरको टिष्टुङ, आग्रा, चन्द्रागिरीको साथै फेदिगाउँ, भाङखोरिया, कोर्टथुम्कीलगाएतका स्थानमा सेताम्मे हिउँ परेको थियो ।

बर्षेनी हिमपातपश्चात पर्यटकको चहलपहल बढ्ने दामनमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनको चाप बढेको छ, होटलहरु भरिभराउ छ । यद्यपि चिसोको कारण त्यहाँको जनजिवन भने कहि कष्टकर बनेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०