Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहाको सिमभन्ज्याङ नाकासहित २ स्थानमा हेल्थडेस्क थपियो

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा मकवानपुर थाहा नगरपालिकाले सिमभन्ज्याङ नाकामा हेल्थ डेस्क स्थापना गरेको छ । सिमभन्ज्याङ प्रहरी चौकी संगको समन्वयमा नगरपालिकाले ३१ वैशाखबाट हेल्थ डेस्क स्थापना गरेको हो । 

सिमभन्ज्याङ नाका तराई तथा हेटौंडाबाट थाहानगर भित्रने मुख्य नाका हो । थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको सिमभन्ज्याङबाट स्थापनाकै दिन २६ जना नगरमा प्रवेश गरेका छन् । उनीहरुको सामान्य स्वास्थ्य परीक्षण गरिएको हेल्थ डेस्कले जनाएको छ । 

त्यस्तै थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको इलाका प्रहरी कार्यालय पालुङको चेकप्वाइन्ट थानाबजारमा पनि ३१ वैशाखबाटै हेल्थ डेस्क संचालन गरिएको छ । सिमभनज्याङ र थानाबजार दुवै ठाउँमा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीसहित फिबर डेस्क पनि संचालन गरिएको थाहा नगरपालिका स्वासथ्य संयोजक मेघराज बलामीले जानकारी दिए । थाना बजारको हेल्थडेस्कमा ३१ वैशाखमा ४० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

थाहा नगरपालिकाले चित्लाङमा निरन्तर हेल्थडेस्क संचालन गरिरहेको छ भने आग्राको भोर्लेमा संचालन गरिएको हेल्थडेस्क भने केही दिन मात्र संचालन गरिएको थियो । धादिङबाट थाहानगर प्रवेश गर्ने नाका भोर्लेबाट मानिसहरु प्रवेश नहुने भएपछि केही दिन मात्र संचालन गरिएको हो । चित्लाङ हेल्थडेस्कमा अहिलेसम्म २ हजार ११५ जनाको स्वास्थ्य परक्षिण गरिएको छ । 
 



https://www.thahatimes.com/public/images/users/AMBIKA-1588562241.jpg

अम्बिका के.सी.

ambikakc333@gmail.com

पत्रकार केसी थाहा टाइम्सकी संवाददाता हुन् ।